Logo

चीनसँग सीमा समस्या हल गर्न कूटनीतिक पहल थालिने



काठमाडौं, १९ असोज । सरकारले चीनसँगको सीमा समस्या हल गर्न कुटनीतिक पहलका लागि प्रक्रिया बढाएको छ । हुम्लास्थित चीनसँगको सीमा क्षेत्रमा केही भू भाग अतिक्रमण भएको निष्कर्षसहित चीनसँग छलफल बढाउनका लागि प्रक्रिया बढाइएको हो ।

गृह मन्त्रालयले सहसचिव जयनारायण आचार्य संयोजक रहेको समितिले दिएको प्रतिवेदनसहित परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । प्रतिवेदनमा केही समस्याहरु रहेको उल्लेख गरे अनुसार परराष्ट्रलाई जानकारी गराइएपछि अब चीनसँग यसबारे औपचारिक रुपमा छलफलका लागि प्रक्रिया बढाइने तयारी भएको छ ।

\प्रतिवेदनमा तारबार राखिएको क्षेत्रमा समस्या रहेको उल्लेख गरिएको बुझिएको छ । चीनले नो म्यान ल्यान्डमै पारेर तारबार गरेको छ ।

२५ भदौमा जुम्ला गएको टोलीले एक साता स्थलगत अध्ययन गरी चीनसँग सीमा जोडिएको केही क्षेत्रमा अतिक्रमण भेटेको थियो । टोलीले अध्ययन प्रतिवेदन १० असोजमा गृहमन्त्री बालकृष्ण खाँडलाई बुझाएको थियो । प्रतिवेदनका अधारमा गृहले परराष्ट्रलाई पत्राचार गरेको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्