Logo

आज शपथ ग्रहण हुन्छ होला, मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : प्रचण्ड



काठमाडौँ, २१ असोज। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार हुन सक्ने बताएका छन्। पचली टिभीको उदघाटन समारोहलाई आज (बिहिबार) सम्बोधन गर्दै प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार हुन सक्ने बताएका हुन् ।

सम्बोधनको क्रममा उनले उत्पीडित समुदाय, विशेष गरी महिलालाई अगाडि ल्याउन नयाँ प्रयास गरेको समेत बताएका छन् । प्रचण्डले भने– ‘उस्तै परे आज शपथ ग्रहण हुन्छ होला, पूर्णता (मन्त्रिपरिषद्ले) पाउँछ ।’ उनले यही प्रयास अनुसार माओवादी केन्द्रको तर्फबाट मन्त्रिपरिषद्मा ५० प्रतिशत महिलालाई पठाउने निर्णय गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot