Logo

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी



काठमाडौँ, २१ असोज। प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको जनाइएको छ ।

यसअघि सत्तारुढ दलले मन्त्रालयको भागबण्डा गर्दा नेपाली काँग्रेसलाई ७ , नेकपा(माओवादी केन्द्र) लाई ६, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीलाई चार–चार मन्त्रालय पाउने गरी छलफल भएको थियो । तर, त्यसमा नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाएपछि पुन गठबन्धनको बैठक बसेको हो । गठबन्धनमा कुरा मिले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot