Logo

अफगानिस्तानबारे अन्तर्राष्ट्रिय छलफलको आयोजना गर्दै रुस, तालिवानलाई निम्तो दिइने



एजेन्सी, २२ असोज। रुसले अफगानिस्तानको मुद्दाबारे अन्तर्राष्ट्रिय छलफलको आयोजना गर्ने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष प्रतिनिधि जमिर कबुलोभले आगामी अक्टोबर २० मा उक्त छलफल गर्ने जानकारी दिएका हुन् । तालिवानको तर्फबाट प्रतिनिधि पठाउन रुसले तालिवानलाई निम्तो दिएको जनाइएको छ ।

तर, यसबारे अरु विस्तृत जानकारी दिइएको छैन । रुसले गत मार्चमा अफगानिस्तानको बारेमा एक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । जहाँ रुस, अमेरिका, चीन र पाकिस्तानले संयुक्त वक्तव्य जारी गर्दै तत्कालीन युद्धरत अफगानिस्तानलाई शान्ति सम्झौतामा पुग्न र हिंसा रोक्न आग्रह गरेका थिए ।

साथै उनीहरुले तालिवानलाई कुनै आक्रमण नगर्न पनि आग्रह गरेका थिए । त्यसपछि अमेरिका र उसका सहयोगी राष्ट्रहरु २० वर्षपछि अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता बोलाएका हुन् । तालिवानले भने अगस्ट १५ मा सत्ता कब्जा गरेको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot