Logo

यी हुन् काँग्रेसबाट मन्त्री बन्नेहरु (सुचीसहित)



काठमाडौं, २२ असोज । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीबाट मन्त्री बन्नेको नाम टुंगो लगाएका छन् । आज उनले काँग्रेसका प्रभावशाली नेताहरुले सिफारिश गरेका नामहरु समेत पाएपछि मन्त्रीको टुंगो लागेको हो ।

काँग्रेसबाट नयाँ थपिने मन्त्रीहरुमा देउवा पक्षबाट उमा रेग्मी छन् । वरिष्ठ नेता रामचन्द्र पौडे समूहबाट डा. मीनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडु छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटोला पक्षबाट उमाकान्त चौधरी छन् ।

यसअघि बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की र डा. नारायण खड्का मन्त्री भइसकेका छन् । उमेश श्रेष्ठ राज्यमन्त्री बनाइए ।

नयाँ मन्त्रीहरु

डा. मीनेन्द्र रिजाल, रक्षा
दिलेन्द्रप्रसाद बडु, कानून
उमाकान्त चौधरी, खानेपानी
उमा रेग्मी, महिला बालबालिका



प्रतिक्रिया दिनुहोस्

Screenshot