Logo

डिप्रोक्स लघुवित्तको साधारण सभा भोलि चितवनमा हुने



काठमाडौं, २२ असोज । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारण सभा भोलि असोज २३ गते हुने भएको छ । कम्पनीले सभा बिहान ११ बजे चितवन गार्डेन रिर्सोट भरतपुर, चितवनमा गर्ने भएको हो ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले बुक क्लोज असोज १२ गतेदेखि नै बन्द गरिसकेको छ । असोज ११ गतेसम्म कायम शेयरधनीले लाभांश लिन तथा सभामा भाग लिन पाउने भएका छन् ।

सभाले २० प्रतिशत बोनश शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot