Logo

सपथग्रहण समारोहमा कांग्रेसका शीर्ष नेताहरु कोही गएनन्



काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सरकारलाई ८८औं दिनपछि पूर्णता दिएका छन् । नवनियुक्त मन्त्रीहरुको सपथ आजै साँझ साँढे ४ बजे राखिएको थियो । तर, नवनियुक्त मन्त्रीहरु नै राष्ट्रपतिको कार्यालय शितलनिवास पुग्न ढिलाई गर्दा समारोह अझै सुरु हुन सकेको छैन् ।

यसरी शितलनिवास ढिलो पुग्ने मन्त्रीहरुमा रामकुमारी झाँक्री, महिन्द्र राय यादव, उमा रेग्मी, रेणु यादव, महेश्वर गहतराज र उमाकान्त चौधरी रहेका छन् । त्यस्तै, सपथग्रहण समारोहमा सबैन्दा पहिले पुग्नेमा भने डा. मिनेन्द्र रिजाल, दिलेन्द्र बडुलगायत रहेका छन् ।

अहिले सपथग्रहण समारोहमा प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरु पुष्पकमल दाहाल, माधव कुमार नेपाल, उपेन्द्र यादवलगायत पुगिसकेका छन् । उक्त समारोहमा कांग्रेसकै शीर्ष नेताहरु भने कोहीपनि पुगेका छैनन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायत कोहीपनि शितलनिवास पुगेका छैनन् । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पनि समारोहमा देखिएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot