Logo

ग्लोबल आइएमई बैंकले १३ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं, २५ असोज । ग्लोबल आइएमई बैंकले १३ दशमलव ५० प्रतिशत लाभांश वितरण गनेए प्रस्ताव गरेको छ । सोमबार बसेको बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७÷७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कुल पूँजीको १० प्रतिशतले हुन आउने बोनश शेयर र कर प्रयोजन सहितको लागि ३ दशमलव ५ प्रतिशत नगद लाभांश गरि कुल १३ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति पछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot