Logo

एक्सेल डेभलपमेण्ट बैंकको हकप्रद शेयर विक्री खुला



काठमाडौं, २५ असोज । आजदेखि एक्सेल डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्काशन तथा विक्री खुला गरेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर १० बरावर ३ को अनुपातमा १ सय रुपैयाँ अंकित दरको २४ लाख ३३ हजार ३६३ कित्ता निष्काशनमा ल्याएको हो ।

हकप्रद शेयर खरिदको लागि कात्तिक १४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि असोज १ गते बुक क्लोज गरेको हुनाले भदौ ३१ गतेसम्म कायम शेयरधनीले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot