
एजेन्सी, २ कात्तिक । इजरायलमा ९ सय वर्ष पुरानो तरबार समुन्द्रको पींधमा फेला परेको छ । एकजना पौडीवाजले एक मिटर लम्बाईको तरबार भेटेका हुन् ।
स्लोमी काटजिनले भेटिएको तरबार इजरायली अधिकारीहरुलाई हस्तान्तरण गरेका छन् । तरबार समुन्द्रको पींधको बालुवामाथि थियो ।
तरबारलाई सफा गरेर प्रदर्शनका लागि राखिने बताइएको छ ।