Logo

१२ दिनदेखि अनसनमा रहेकी रूबी खानले तोडिन् अनसन



काठमाडौँ, २ कात्तिक । न्यायको गुहार माग्दै माईतीघर मण्डलामा १२ दिनदेखि अनसनमा रहेकी रूबी खानले अनसन तोडेकी छिन्। आज (मंगलबार) बाँके घटनाबारे गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएपछि खानले अनसन तोडेकी हुन्। उनलाई महिला अधिकारकर्मी मोहना अन्सारीले जुस खुवाएकी थिइन्। बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे उक्त समितिले छानबिन गरी सत्यतथ्य पत्ता लगाउने जनाइएको छ।

सरकार र रूबी खानबीच छानबिन समिति बनाउनेलगायत विषयमा त्रिवि शिक्षण अस्पतालमा सहमति भएको थियो। सरकारले बनाएको उक्त समितिले एक साताभित्र छानबिनको प्रतिवेदन दिने जनाइएको छ। उनीहरुले राखेको ब्यानरमा ‘अपहरण, शरिर बन्धक, कर्तव्य ज्यान गरि मार्नेहरु होसियार, मौन बस्ने सरकार खबरदार’ लेखिएको छ । न्याय माग्दै ती महिलाहरु नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा गर्दै आएका थिए । रूबी खानले उक्त अनसन स्थगितमात्रै भएको बताएकी छिन्।-Photo By: Mukunda Kalikote/reportersnepal

 

‘माईतीघरका अनसनकारीहरुको जुस खुवाएर अहिले केहीबेरमा अनशन तोडाउने तयारी’



प्रतिक्रिया दिनुहोस्

Screenshot