Logo

कृषि सहायता कोष खडा गरी किसानलाई राहत र क्षतिपूर्ति दिन प्रचण्डको आग्रह



काठमाडौँ, ३ कत्तिक। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढी र पहिरोबाट प्रभावित भएका किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले कृषि सहायता कोष खडा गरी किसानलाई राहत र क्षतिपूर्ति दिन माग गरेका हुन् ।

वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी देशका विभिन्न भागमा ३० जनाभन्दा बढी नागरिकको मृत्यु भएको र यसले धान लगायतका बालीनालीको ठूलो क्षति पुगेको उनले बताए ।

प्रचण्डले यस विपद्मा ज्यान गुमाउनेहरूमा श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना समेत प्रकट गरेका छन् । बाढी–पहिरोमा परी बेपत्ता भएकाहरुको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षा लगायत सबै सरकारी निकायहरु, स्थानीय स्वयम्सेवी, विभिन्न संघसंस्था, व्यक्ति, युवा र हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरूमा प्रचण्डको विशेष आग्रह छ ।



प्रतिक्रिया दिनुहोस्