Logo

दुग्ध विकास संस्थानका कर्मचारी अझै आन्दोलित



काठमाडौं, ३ कात्तिक । नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघ केन्द्रीय समिति लैनचौर २० सुत्रिय मागहरु पुरा गर्न आन्दोलनमा उत्रिएको छ । संस्थान ब्यवस्थापन र संघका पदाधिकारीबिच २०७७ मंसिर ९ गते उक्त मागहरु कार्यान्वयन गर्ने सम्झौता भएपनि हालसम्म प्रतिवद्धता पुरा नगरिएको भन्दै प्रबन्धक तथा नि.उप महा–प्रबन्धकलाई कार्यालयमा प्रवेश निषेध गरेको संघले जनाएको छ ।

संघले सस्थानको दैनिक कार्य दुध संकलन, उत्पादन, बिक्रि वितरण लगायतका कार्यहरु नरोकिने गरी पुर्व घोषित आन्दोलनको कार्यक्रम गरेको जानकारी दिएको छ ।

संस्थानले जारी गरेको विज्ञप्तीमा संस्थानको व्यवस्थापन र संघका पदाधिकारी बिच सम्झौता भई उक्त सम्झौना हालसम्म कार्यान्वयन नभएको हुनाले बाध्य भएर आन्दोलनमा उत्रिन परेको उल्लेख गरिएको छ।

संघले पटक–पटक मौखिक रुपमा, लिखित रप्मा ध्यानकर्षण गराएपछि संस्थानको महाप्रबन्धक बाट ०७७ साल चैत्र ४ गते समय नै किटान गरी मागहरु पुरा गर्ने प्रतिबद्धता लिखित रुपमा यस संघलाई जानकारी गराएको तथा उक्त प्रतिवद्धता अनुसार हालसम्म पनि मागहरु पुरा नगरिएकोहाले प्रवेश निशेधको कार्यक्रम गर्न लागेको बिज्ञप्तीमार्फत जानकारी दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot