Logo

इलाममा १३ को मृत्यु, २ बेपत्ता



काठमाडौं, कात्तिक ४ । इलाममा कात्तिक १ गतेदखि लगातार ३६ घन्टासम्म परेको वर्षाका कारण १३ जनाको ज्यान गएको छ भने २ जना बेपत्ता भएका छन् । आज बिहान रेडियो नेपाली नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै इलामका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले बालीनालीको क्षतिको विवरण भने आइनसकेको बताए ।

सहायक प्रजिअ चापागाईंका अनुसार इलामदेखि पाँचथर जाने राजमार्ग अवरुद्ध छ । जिल्लामा विभिन्न भागमा सडक अवरुद्ध छन् । इलामबाट झापा जाने सडक सुचारु भएको छ भने रक्षबाट राँकेसम्मको सडक खण्ड अवरुद्ध छ । उनले सानातिना पहिरो हटाउने र पहिरोमा फसेकाको उद्धार गरिएको बताए । उनले भने, “अब त्यस्तो अप्ठ्यारो अवस्था छैन ।” file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot