Logo

घुम्नैपर्ने विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल



काठमाडौं, १२ कात्तिक । सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको सूचीमा नेपाल पनि परेको छ । विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले उत्कृष्ट गन्तव्यहरुको सूचीमा नेपाललाई आठौं नम्बरमा राखेको हो । कोरोना महामारीका कारण नेपालको पर्यटन व्यवसाय संकटमा परेको बेला लोन्ली प्लानेटको सूचीमा नेपाल उत्कृष्ट १० भित्र पर्नुलाई व्यवसायीले सुखद मानेका छन् ।

सूचीको पहिलो नम्बरमा कुक आइल्याण्ड छ भने दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस, चौथोमा बेलिज, पाँचौंमा स्लोभानिया, छैटौंमा एंगुइला, सातौंमा ओमान, आठौंमा नेपाल, नवौंमा मलावी र दसौंमा इजिप्ट विश्वको उत्कृष्ट गन्त्वयको सूचीमा रहेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot