Logo

अमेरिकामा फेला परेको ट्राइसेराटप्सको अस्थिपञ्जर ७७ लाख डलरमा विक्री(भिडियोसहित)



एजेन्सी, १२ कात्तिक। अहिलेसम्म फेला परेको सबैभन्दा ठूलो ट्राइसेराटप्स डाइनसोरको जीवावशेष प्यारिसमा विक्री भएको छ। सबैभन्दा ठूलो ट्राइसेराटप्स डाइनसोरको जीवावशेष बिहिबार प्यारिसमा विक्री भएको हो। अमेरिकी प्रख्यात जीवावशेष संकलान्कारले डाइनसोरको जीवावशेषको लिलामी जितेको जनाइएको छ।

लिलाम गर्दा उक्त अस्थिपञ्जरले ७७ लाख डलर मूल्य पाएको हो। झन्डै छ करोड ६० लाख वर्षअघि उक्त प्रजातिका डाइनसोरहरू पृथ्वीमा विचरण गर्थे। अहिलेको साउथ डकोटामा आइपुगेको ‘बिग जोन’ को जीवाश्म सन् २०१४ मा उत्खनन गरिएको थियो।

 



प्रतिक्रिया दिनुहोस्