Logo

विश्वकप क्रिकेटः आज दुई खेल हुँदै



काठमाडौं, १२ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (शुक्रबार) दुई खेल हुँदैछ । सारजाह क्रिकेट स्टेडियमा हुने पहिलो खेलमा वेस्ट इन्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाल समय अनुसार दिउँसो ४ बजे सुरु हुनेछ । पहिलो खेलमा हार ब्यहोरेका दुबै टोली आज पहिलो जितको खोजिमा रहेका छन् ।

समूह १ मा रहेका दुबै टोली अंक विहीन रहेका छन् । वेस्ट इन्डिज छैठौं स्थान अर्थात अन्तिममा रहेको छ भने बंगलादेश पाँचौं स्थानमा रहेको छ । साथै, दोस्रो खेलमा पाकिस्तान र अफगानिस्तान भिड्दै छन् । पाकिस्तान र अफगानिस्तानबीचको खेल दुबई अन्तराष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ ।

यसअघिका दुई खेलमा लगातार जित निकालेको पाकिस्तान तेस्रो जित निकाल्ने प्रयासमा हुनेछ । साथै, एक खेलमा एक जित निकालेको अफगानिस्तान पनि आज दोस्रो जितको खोजिमा हुनेछ । समूह २ मा रहेको पाकिस्तान २ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ भने १ खेलमा २ अंक जोडेको अफगानिस्तान दोस्रो स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot