Logo

विवादमा मुछिएपछि योगेशको प्रश्न : घुँडामुनी हानेको त टाउकोमै लागेछ कि के हो ?



काठमाडौं, १८ कार्तिक । नेकपा (एमाले) का सचिव तथा प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले आफूले घुँडामुनी हान्दापनि टाउकोमै लागेको छ कि के हो ? भन्दै प्रश्न गरेका छन् ।

हिजो पार्टीको १०औं महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा भट्टराईले माधव नेपाल नेतृत्वको पार्टीलाई अवैद्य सम्बन्धबाट जन्मिएको संज्ञा दिएका थिए ।

उनले नेकपा (एकीकृत समाजवादी) लाई १०औं महाधिवेशनमा नबोलाउने बताएका थिए । भट्टराईको त्यस्तो अभिव्यक्ति आएपछि सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो ।

त्यसको भोलिपल्ट आज भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्–‘घुँडामुनी हानेको त टाउको मै लागेछकी के हो ? मित्रहरु खुब छटपटाउन र बरबराउन पो थाले त !” file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot