Logo

शङ्खधर दिवसः मध्यपुरथिमिमा सार्वजनिक बिदा



भक्तपुर, २८ कात्तिक: शङ्खधर दिवसका अवसरमा आज मध्यपुरथिमि नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

शङ्खधर साख्वाःको योगदानलाई जीवन्त राख्न नगरपालिकाले २०७६ सादेखि सो दिवसका अवसरमा सार्वजनिक बिदा दिएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०५६ साल मङ्सिर २ गते नेपाल संवत्को प्रवद्र्धक शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको दिन नेपाल संवत् कछलाथ्व दशमी तिथिका दिन हरेक वर्ष शङ्खधर दिवस मनाउँदै आइएको शङ्खधर साख्वाः प्रतिष्ठानका पूर्वअध्यक्ष श्याममानन्धरले जानकारी दिए ।

यो दिवसका अवसरमा नगरपालिकाले विगत तीन वर्षदेखि सार्वजनिक विदा दिँदै आएको हो । दिवसकै अवसर पारेर काठमाडौंँ महानगरपालिकाको सहयोगमा निर्माण भएको शङ्खधर पार्ककोसमेत आज उद्घाटन गर्दैछ । काठमाडौँ महानगरपालिकाको रु दुई करोड र मध्यपुरथिमि नगरपालिकाको रु चार करोडको लागतमा १३ रोपनी क्षेत्रफलमा परम्परागत शैलीमा ढुङ्गेधारा, एमपि थियटरसहित निर्माण भएको पार्कको उद्घाटन गर्ने तयारी गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

हरिबोधिनी एकादशीः चाँगुनारायणले दिए विदा त्यस्तै चाँगुनारायण नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा भोलि सोमबार सार्वजनिक बिदा दिने भएको छ । यो एकादशीको दिनमा चार नारायणमा भव्य मेला लाग्ने र त्यसमध्ये जेठो नारायणको रुपमा मानिँदै आएकोे चाँगुनारायण मन्दिरमा भव्य मेला लाग्ने भएकाले चाँगुनारायण नगरपालिकाले सार्वजनिक बिदा दिएको नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए। नगरपालिकाले यस दिनलाई स्थानीय पर्वको रुपमा घोषणा गर्दैै विगत तीनवर्षदेखि सार्वजनिक बिदा दिने गरी क्यालेण्डर बनाएकाले भोलि बिदा दिने निर्णय गरिएको उनले जानकारी दिए ।-रासस



प्रतिक्रिया दिनुहोस्