Logo

प्रधानन्यायाधीश जबराले संविधान फाल्न सक्नुहुन्न, उहाँले राजीनामा दिँदा नै बेश हुन्छ : गोविन्द बन्दी (भिडिओसहित)



काठमाडौं, २९ कार्तिक । बरिष्ठ अधिवक्ता गोविन्द बन्दीले आफूहरुको आन्दोलनले निश्कर्ष निकाल्ने र समस्याको समाधान गर्ने दाबी गरेका छन् । उनले अहिलेको अवस्थामा सडकमा नआईकन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिएर समाधान दिनुपर्नेथियो भन्ने तर्क गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यो मुद्दा अब नेपाल बार एशोसिएशनको मात्रै मुद्दा नभएर आम जनताको विषय बनेको पनि सुनाए ।

उनले अहिलेको बारको आन्दोलनलाई मध्यनजर गरेर प्रधानन्यायाधीश जबराले राजीनामा दिँदा नै राम्रो हुने विश्वास दिलाए । उनले आफूहरु कुनै हालतमा पनि संविधान जान नदिने बताए ।

उनले प्रधानन्यायाधीश जबराले संविधान फाल्न नसक्ने पनि ठोकुवा गरे । उनले प्रधानन्यायाधीश जबराले आफूविरुद्ध महाभियोग आउँछ भने अरु चार जनाविरुद्ध पनि आउँछ भनेर सोचेको हो भने त्यो गलत हुने पनि टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot