Logo

१२ हजार परीक्षणमा ३८५ संक्रमित फेला, २५८ जना निको



काठमाडौं, ६ मंसिर । आज नेपालमा कोरोना भाइरसका ३ सय ८५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १९ हजार ३ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज २ सय ५८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ६ सय १७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ३ सय ८७ र एन्टिजेन विधिबाट १८ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्