Logo

आज ४ संक्रमितको मृत्यु



काठमाडौं, ६ मंसिर। कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका ३ सय ८५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १९ हजार ३ सय ८६ पुगेको छ । यसैगरी, आज २ सय ५८ जना संक्रमणमुक्त भएसँगै हालसम्म ८ लाख ६ सय १७ जना संक्रमणमुक्त भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्