Logo

जित्ने जितेन्द्र, खाँदा उदयलाई किन ?



ललितपुर, १२ मंसिर । नेपाली काँग्रेस ललितपुर जिल्ला सभापतिको निर्णायक चुनावमा जितेन्द्रकुमार श्रेष्ठ १२ मतले विजयी भए । तर, जितेन्द्रभन्दा खुशी पूर्वराज्यमन्त्री उदय शमशेर राणा देखिए ।

राणालाई कायकर्ताले खाँदा लगाइदिए । उनका लागि आजको चुनाव प्रतिष्ठाको विषय बनेको थियो ।

राणा आफै जीतेन्द्रको पक्षमा मत माग्दै सक्रिय थिए । उनको सक्रियताका कारण जिल्ला सभापति मदनबहादुर अमात्य रुष्ट थिए । जीतेन्द्र श्रेष्ठ राणाको उम्मेदवार जस्तै भइसकेका थिए ।

चुनाव चल्दै गर्दा आज विहान राणामाथि अमात्यले हात पनि हाले । त्यसपछि राणा झन् सक्रिय भए । उनको मुख्य भूमिका कारण जीतेन्द्र श्रेष्ठ १२ मतान्तरले विजयी भए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot