Logo

आज पनि नेप्सेमा उच्च अंकको गिरावट, ४ अर्बमा सिमित कारोबार



काठमाडौं, १३ मंसिर । साताको कारोबारको दोस्रो दिन आज पनि उच्च अंकको गिरावट आएको छ । नेप्सेमा आज २१ दशमलव ४८ अंकले घटेर २६ सय ३० दशमलव १ विन्दुमा रोकिएको हो । त्यस्तै शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ६ अंकले घटेको छ ।

नेप्सेको अनुसार आज २ सय २८ कम्पनीको ५१ हजार १३८ पटक कारोबार भएर ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको ८२ लाख २५ हजार ८ सय २२ कित्ता शेयर कारोबार भएको हो । आज हाइड्रोपावर समुहको ० दशमलव २ प्रतिशत र ०.१२ प्रतिशतले नेप्से सु्चक बढेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot