एजेन्सी, १४ मङ्सिर। इजरायलका पुरातत्वविद्हरुले करिब २१ सय ५० वर्ष पुरानो हेलेनिस्टिक फार्म फेला पारेका छन्। उनीहरुले इजरायलको कोस्टल शहर तेल अभिभस्थित २१ सय ५० वर्ष पुरानो फार्म फेला पारेका हुन्।
सो शहरस्थित निर्माणधीन रेलमार्ग स्टेशनमा उक्त फार्म फेला परेको इजरायल एन्टिक्विटिज अथोरिटी (आइएए)ले बताएको छ। सो फार्म दोस्रो बिसी शताब्दीको भएको बताइएको छ।-Photo: Agency