Logo

स्पेनमा कोभिड ओमिक्रोन स्ट्रेनको तेस्रो सङ्क्रमण पुष्टि



म्याड्रिड [स्पेन], १६, मङ्सिर: कोभिड-१९ को नयाँ स्ट्रेन ओमिक्रोनको तेस्रो सङ्क्रमणको घटना स्पेनको बेलेरिक टापुमा पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

सन स्पेसेस विश्वविद्यालय अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालाले आज विशेष पिसिआर परीक्षण मार्फत ‘Omicron SARS-CoV-2′ स्ट्रेनको सङ्क्रमण पुष्टि गरेको कुरा बेलेरिक टापु सरकारको स्वास्थ्य परिषद्ले विज्ञप्तिमा मार्फत् जनाएको छ । यस अघि दुई केसहरू म्याड्रिडमा पुष्टि भएका थिए। तीनवटै सङ्क्रमण दक्षिण अफ्रिकाका यात्रुहरूमा पत्ता लागेको हो।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot