Logo

सुदुरपश्चिमको खराब सुरुवात



काठमाडौं, १९ मंसिर । वाई–वाई यु–१९ पुरुष क्रिकेट प्रतियोगिताको फाइनल खेल अहिले चलिरहेको छ ।

खेलमा सुदुरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशले दिएको २ सय १३ रनको लक्ष्य पछ्याइ रहेको छ ।

क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा खेल जारी छ ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा अलआउट हुदै २ सय १२ रन जोडेको थियो ।

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रन जोडेका थिए ।

विशाल विक्रम केसीले ५१ रन बनाए भने दुर्गेश गुप्ताले ३२ रन जोडे ।

सुदुरपश्चिमका आकाश चन्दले सर्वाधिक तीन विकेट हात पारे ।

यस्तै, शेर मल्ल र हेमन्त धामीले समान दुई–दुई विकेट लिए भने नरेन साउद र राहुल भण्डारीले समान एक–एक विकेट लिए ।

सुदुरपश्चिमले खराब सुरुवात गरेको छ । १६ ओभरको खेल चलिरहँदा सुदुरपश्चिमले ५१ रन जोड्दा ५ विकेट गुमाइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्