Logo

देउवामाथि ‘नेपाली राजनीतिका अक्टोपस’ ले पोखे अर्थपूर्ण आक्रोश



काठमाडौं, १९ मंसिर । अमरेश सिंह नेपाली राजनीतिका चतुर खेलाडीमा रुपमा चिनिन्छन् । उनलाई कतिपयले ‘नेपाली राजनीतिका अक्टोपस’ भन्छन् । कारण हो उनी राजनीतिक भविष्यवाणी गर्छन् र मिलाउँछन् पनि । उनै अमरेश सिंहले यसपटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध आक्रोश पोखेका छन् ।

देउवा सर्लाही, रौतहट, सप्तरी जिल्लाको निर्वाचन क्षेत्रमा अधिवेशनलाई प्रभावित पार्न लागिपरेको सिंहको आरोप छ । उनले विज्ञप्ति नै जारी गरेर सत्ताको दुरुपयोग गरी पार्टी विधि विधान, नियमावली र लोकतान्त्रिक प्रक्रिया अबलम्बन नगरी स्वेच्छाचारी तरिकाले अधिवेशन गराउन लागिपरेको आरोप लगाएका छन् ।

सिंहले वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भङ्गराई र गिरिजाप्रसाद कोइराला जस्ता नेताहरुले स्थापित गरेको मूल्य मान्यता र पार्टीको सिद्धान्तप्रति प्रतिवद्ध कार्यकर्ताहरुलाई अन्यायको विरुद्ध एकजुट हुन समेत आग्रह गरेका छन् ।

सर्लाही क्षेत्र नं ४ का निर्वाचित सांसद समेत रहेका सिंह पछिल्लो समय देउवाप्रति असन्तुष्ट छन् । उनले महाधिवेशन नजिकिदै गर्दा देउवाविरुद्ध आक्रोश पोख्नु र विज्ञप्ति नै निकाल्नुलाई अर्थपूर्ण मानिएको छ ।

File Photo



प्रतिक्रिया दिनुहोस्