Logo

नर्सको गल्तीले दुई बच्चालाई फाइजर खोप लगाइएपछि…



एजेन्सी, २० मंसिर । ब्राजिलमा दुई नवजात शिशुलाई नर्सको गल्तीले कोरोना भाइरसको खोप लगाइएको छ । कोरोना भाइरसको खोप लगाइदा दुई बच्चाहरुको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गर्न परेको छ ।

दुई महिनाकी बालिका र चार महिनाका बालकलाई डिप्थेरिया, टिटानस (खोकी), पर्टुसिस (खोकी) र हेपाटाइटिस बी विरुद्ध दिइने औषधिको सट्टा कोभिड–१९ फाइजर खोप दिइएको थियो ।

खोप दिने नर्सलाई अस्थायी रूपमा निलम्बन गरिएको छ। यसका साथै प्रशासनिक छानबिनका लागि पनि निर्देशन दिइएको छ । दुबै बच्चाहरूलाई फाइजर भ्याक्सिनको गम्भीर असर देखिएपछि उनीहरूलाई अस्पतालमा भर्ना गर्नुपरेको हो । युओला मिडिया आउटलेटले आइतबार यस बारेमा जानकारी दिएको हो ।

फाइजर खोप धेरै देशहरूमा छ वर्ष मुनिका बालबालिकाका लागि स्वीकृत गरिएको छ। ब्राजिलको स्वास्थ्य नियामक एन्भिसाले जुनमा १२ वर्षभन्दा माथिका बालबालिकाका लागि फाइजर/बायोएनटेक Covid-19 Vaccine लाई अनुमोदन ग¥यो।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot