Logo

सुजाता कोइराला प्रकाशमान सिंहको प्यानलमा, उपसभापतिमा उम्मेद्धवारी दर्ता गर्दै



काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला प्रकाशमान सिंहको प्यालनमा आएकी छिन् । यसअघि उनी कतैपनि खुलेकी थिईन् ।

कोइराला परिवारले सभापतिमा साझा उम्मेद्धवार तय गर्ने चर्चा चलेको भएपनि पछिल्लो समय सुजाता शशांक कोइरालासँग चिढिएकी थिईन् । उनले अहिले सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिने भएकी हुन् । सुजाता अहिले प्रकाशमानको सम्पर्क कार्यालयमा पुगिसकेकी छिन् ।

कांग्रेसमा आज मनोनयन दर्ता हुने कार्यक्रम छ। केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यसहित १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको कार्यतालिका छ । मनोनयन राष्ट्रिय सभागृहमा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot