Logo

सप्तपाताल पोखरीहरु पुनःनिर्माण शिलान्यास कार्यक्रम सम्पन्न



काठमाडौं, २७ मंसिर । “वृहत्तर सप्तपाताल पोखरी संरक्षण परियोजना” अन्तर्गत सप्तपाताल पोखरीहरु पुनःनिर्माणको सोमबार शिलान्यास गरिएको छ । श्री राजदल गणमा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथी प्रभुराम शर्मा र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा विधिवत् शिलान्यास गरेका हुन् ।

नेपाली सेना र ललितपुर महानगरपालिका बीच “वृहत्तर सप्तपाताल पोखरी संरक्षण परियोजना” अन्तर्गत मिति २०७८ जेष्ठ ३० गते नेपाली सेनाको लगनखेलस्थित श्री राजदल गणको हाताभित्र अवस्थित दुईवटा पोखरी (सप्तपाताल पोखरी) हरुको पुनर्निर्माण गरी संरक्षण गर्ने सम्बन्धमा पुलचोकस्थित ललितपुर महानगरपालिकाको कार्यालयमा समझदारी पत्र भएको थियो ।

उक्त कार्यक्रममा बलाध्यक्ष रथी सरोज प्रताप राणा, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, ललितपुर महानगरपालिकाका पदाधिकारीहरु लगायत विभिन्न मिडियाका सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot