Logo

बुद्ध एयरको जहाज भरतपुर विमानस्थलमा आकस्मिक अवतरण



काठमाडौं, १ पुस । बुद्ध एयरको जहाज भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।

भरतपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो।

जहाजको बायाँ इन्जिनमा समस्या आएपछि आकस्मिक अवतरण गरिएको बुद्ध एयरले जनाएको छ।

उडान नम्बर ३६० को जहाजमा १९ जना यात्रु सवार थिए। जहाजमा रहेका चलक दलका सदस्य र यात्रु सबैजना सकुशल रहेको बताइएको छ ।

यात्रुहरुलाई अर्को जहाजबाट काठमाडौं ल्याइने बुद्ध एयरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot