Logo

नबिल बैंक र राष्ट्रिय युवा परिषदको सहकार्यमा उद्यमशिलता विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



जुम्ला, २ पुस । जुम्ला जिल्लाको तिला गाउ“पालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउदै समृद्धि तर्फ अग्रसर गराउने उद्येश्यका साथ सुरु भएको उद्यमशिलता विकास र वित्तीय साक्षरता सम्बन्धि ६ दिने तालिम कार्यक्रम समापन भएको छ । यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद र तिला गाउ“पालिकाबीच त्रिपक्षीय समझदारी भएको थियँे ।

तिला गाउ“पालिकाका अध्यक्ष रतन नाथ योगीको अध्यक्षता सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व राज्य मन्त्री बल बहादुर महत, विशेष अतिथिको रुपमा नबिल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र अन्य विशिष्ट व्यत्तित्वहरुको उपस्थिती रहेको थियो ।

महिलाहरुको उलेख्य सहभागिता रहेको उक्त कार्यक्रममा उनीहरु तालिममा मात्र सहभागी नभएर, घर परिवारका सदस्यहरुलाई समेत तालिममा सहभागी गराएका थिए । उक्त कार्यक्रममा बौल्दै नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरुको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए । त्यस्तै, नबिल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले उपस्थित युवा र महिलाहरुलाई आङ्खनोे मतालाई कम आकलन नगरी राम्रो उद्यमी बन्न शुभकामना दिए । नबिल बैंकबाट साना कर्जा लिएका उद्यमीहरु अहिले करोडौको कारोबार गरिरहेको उदाहरण दिदै ठुलो सपना बोकेर स्वरोजगारमा अगाडि बढ्न आग्रह गर्दै उहा“ले उद्यमशिलता विकास र स्वरोजगार प्रवद्धनमा नबिल बैंकको सधै साथ रहने बताए ।

जुम्लाबासीको उत्साहपूर्ण सहभागिताकँ सम्बन्धमा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले उनी“हरु सक्रिय रुपमा सहभागी मात्र न्ँभई आङ्खना वित्तीय आवश्यकताका बारेमा पनि खुलेर चर्चा गर्नु भएको बताए । उनले कार्यक्रममा सहभागी हुन टाढाटाढाबाट कोही लौरो टेकेर त कोही बच्चा च्यापेरसमेत आएको देख्दा उत्साहित भएको बताए । उनका अनुसार, त्यहा“ स्याउ, ओखर, मार्सी चामल, आरु, आलु, सिमी खेती हुने भएकोले त्यहा“का स्थानीयले ऋण सुविधा मागेको समेत µ भेडाबाख्रा पालन त्यहाका वासिन्दाको मूख्य ब्यवसाय हुन सक्ने उनले बताए । दिगो बैंकिङ प्रबर्द्धन गरिरहेका कारण नबिल बैंकले स्थानीयलाई आर्थिक तथा वित्तीय सहयोग गर्ने उनले जानकारी गराए ।

तिला गाउ“पालिकाले युवा उद्यमका लागि आव्हान गरेको सुचना बमोजिम दरखास्त दिई छनौट भएका युवाहरुलाई २०७८÷०८÷२० देखि २०७८÷०८÷२७ सम्म संचालित ७ दिने तालिम प्रदान गरिएको बैंकले जनाएको छ । तालिममा ६३२ जनाले आवेदन दिएका थिए । १९४ परिवारका सदस्यहरु सहभागी भएको उक्त तालिम÷कार्यक्रममा महिलाको संख्या आधाभन्दा बढि रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot