Logo

युनियन हाइड्रोपावरको साधारण सभा पुस २७ गते, यस्ता छन् एजेण्डा



काठमाडौं, ६ पुस । युनियन हाइड्रोपावर लिमिटेडको पुस २७ गते १५औं वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीको सभा धोविघाट स्थिर कम्पनीको रजिष्टर्ड कार्यालयबाट विहान ११ बजे भर्चुअल माध्यमबाट सभा हुने भएको हो ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयमा पनि छलफल गर्ने भएको छ ।

सञ्चालक नियुक्ती र पारिश्रमिक अनुमोदनको विषय पनि सभाका लागि तय भएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस २१ गते एक दिन बुक क्लोज गर्ने भएकोले पुस २० गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन पाउने भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot