Logo

नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम



जुम्ला, ६ पुस । नबिल बैंकको जुम्लाको तिलामा उद्यमशिलता विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

बैंकले तिला गाउँपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्धेश्उले ६ दिने उद्यमशिलता विकास र वित्तीय साक्षरता आयोजना गरेको जनाएको छ ।

यसका लागि बैंकले राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot