Logo

सुनको सिक्री लुटेर भाग्दै गर्दा ३ जना पक्राउ



नवलपरासी, ७ पुस । सुनको सिक्री लुटेर भाग्दै गरेका ३ जना पेस्तोल र गोली सहित पक्राउ परेका छन् । गैंडाकोट नगरपालिका–१६ अमरापुरीस्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भाग्दै गरेका ३ जनालाई १ थान पेस्तोल र ४ राउण्ड गोली सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नवलपरासी (पश्चिम) रुपौलिया गाउँपालिका–१ बस्ने २२ वर्षीय राम बहादुर क्षेत्री, गैँडाकोट नगरपालिका–१४ बस्ने ३४ वर्षीय आशिष सुनार र नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–९ बस्ने २० वर्षीय संजय गुरुङ रहेका छन् ।

ती महिला पसलमा बसिरहेको अवस्थामा लु.४० प ८४३६ नम्बरको मोटरसाइकलमा आएका ३ जनाले हतियार देखाई सुनको सिक्री लुटेर भाग्न खोज्दा राम बहादुरलाई स्थानीयले नियन्त्रणमा लिई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गैंडाकोट र अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिई अन्यको खोजी गर्ने क्रममा गैंडाकोट नगरपालिका-१४ स्थित भाग्दै गरेको अवस्थामा संजय गुरुङको साथबाट उक्त हतियार फेला पारी संजय र आशिष समेतलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot