Logo

सिरियल किलर चार्ल्स शोभराजको मुद्दा न्यायाधीश सिन्हाको इजलासमा



काठमाडौँ, ८ पुस। कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजको बन्दीप्रत्यक्षीकरण मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको छ । गोलाप्रथा प्रणालीअनुसार मुद्दाको पेसी तोकिँदा शोभराजको मुद्दाको सुनुवाइ न्यायाधीश अनिलकुमार सिन्हाको बेन्चमा परेको हो ।

उमेर र आधा सजाय कटाइसकेकाले आफूलाई छाड्नुपर्ने माग शोभराजको छ । सोहि मागसहित उनी पुनः सर्वोच्च पुगेका हुन् । वृद्ध भएको भन्दै रिहाइ माग गरेका छन्  । सिरियल किलरको उपाधि पाएका शोभराजले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौ र कारागार कार्यालय जगन्नाथदेवललाई विपक्षी बनाई बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot