Logo

विश्वप्रकाश शर्मा आफ्नो निवासमा आएपछि सुजाता दंग



काठमाडौं, १२ पौष । नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा आज मण्डिखाटारस्थित सुजाता कोइरालाको निवास पुगेका छन् । सुजाताले शर्मालाई बधाई तथा शुभकामना दिएकी छिन् ।

प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका शर्मा महामन्त्रीमा निर्वाचित भएका थिए । सुजाताले शर्माको जीतमा यसअघि नै खुशी व्यक्त गरेकी थिइन् । शर्मा आफ्नै निवासमा पुगेपछि उनी झन् खुशी भएको बुझिएको छ ।

पूर्व उपप्रधानमन्त्री समेत रहेकी सुजाता उपसभापतिको उम्मेदवार थिइन् । उनी चुनावमा पराजित भइन् । पराजयको बाबजुद उनले पछिल्लो समय राजनीतिक शक्ति आर्जन गरेको विश्लेषणहरु भइरहेको छ । उनले निकट भविष्यमा महत्वपूर्ण जिम्मेवारी पाउने चर्चा चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot