Logo

माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु



काठमाडौं, १३  पुस । नेकपा माओवादी केन्द्रले जारी आठौं महाधिवेशनबीच पार्टी स्थायी समितिको बैठक शुरु भएको छ । माओवादी केन्द्रको स्थायी समितिको बैठक प्रज्ञा भवन कमलादीमा शुरु भएको हो।

स्थायी समिति बैठकमा विधानमा व्यवस्था गरिएको पदाधिकारी संख्या, त्यसमा विभिन्न क्लस्टरको सहभागिता, राजनीतिक प्रतिवेदन र संशोधित विधानलगायत बन्दसत्रमा उठेका विषय कसरी प्रभावकारी ढंगले सम्बोधन गर्ने विषयमा छलफल हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्