Logo

बागमतीका मन्त्री दुलाल भन्छन्, ‘माओवादी बाहेकको कोशी सरकार असहज हुन्छ’



काठमाडौं, २ कात्तिक । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवं बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री युवराज दुलालले माओवादी बाहेकको कोशी प्रदेश सरकार असहज हुने बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादीसहितको कोशी सरकार स्वभाविक रहेको बताएका हुन् । माओवादी, कांग्रेस लगायतका दलहरु केन्द्रीय गठबन्धनदेखि सातै प्रदेशमा गठन्धन भएको हिसाबले गठबन्धनभित्र एकता र विश्वास हुनुपर्ने उनको भनाई छ ।

‘माओवादीसहितको कोशी प्रदेश स्वभाविक हो । माओवादी बाहेकको कोशी प्रदेश हुँदाखेरी समन्वयात्मक हिसाबले केन्द्र र प्रदेशमा एकता गरिरहेको अवस्थामा केही असजहज स्वभाविक हुन्छ । केही असहज हुन्छ,’– उनले भने ।

कोशीमा माओवादी बाहेकाको सरकार बन्दैगर्दा सातै प्रदेशमा स्वतन्त्र ढंगले आफ्नो अनुकूलतमा काम गर भनेर केन्द्रीय गठबन्धनले स्वतन्त्र छोडिदिनुपर्ने उनको भनाई छ । केन्द्र र प्रदेशमा समन्वय गरिरहेको अवस्थामा कोशीमा माओवादीलाई बाहिर राखेर सरकार बनाउँद त्यसको असर समय क्रममा अरु प्रदेशमा पनि देखापर्ने उनले बताए ।

कोशीमा परिस्थितिले कांग्रेस नेता केदार कार्की मुख्यमन्त्री बनेको बताउँदै उनले विश्वासको मत नदिँदा संविधानको अन्य अधिकार प्रयोग गर्ने ठाउँ नभएपछि मध्यावधि टार्नका लागि विश्वासको मत दिएको उनले बताए ।

‘माओवादीले कोशी प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेको हो, प्रयत्न गरेको पनि हो । तर, परिस्थितिले नेपाली कांग्रेसका नेता मुख्यमन्त्री बन्नुभयो । उहाँलाई विश्वासको मत नदिँदा संविधानको अन्य अधिकारको प्रयोग गर्ने ठाउँ थिएन । मध्यावधिको स्थिति नहोस् भनेर हामीले उहाँलाई विश्वासको मत दियौं,’– उनलेभ ने ।

कोशीमा कि सहमतीय सरकार बन्नुपर्ने होईन भने विश्वासको मत दिएर पनि माओवादी वा एमाले प्रतिपक्षमा रहनुपर्ने उनको भनाई छ । राष्ट्रिय सहमतिको सकारको अभ्यासका लागि माओवादी कहिल्यै पनि बाधक नबनेको र नबन्ने उनको भनाई छ । ‘राष्ट्रिय सहमतिको सरकार बनाउनु देशको लागि धेरै राम्रो कुरा हो । गर्नुपर्छ, गर्योभने राम्रो हुन्छ । माओवादी राष्ट्रिय सहमति र देशको हितको लागि कहिल्यै पनि बाधक बन्दैन, बनेको पनि छैन,’– उनले भने ।

कोशी सरकारमा सत्ता समीकरणमा आएको परिवर्तनको असर अहिलेसम्म केन्द्रीय सरकार, प्रदेश सरकार कहिँकतै पनि नदेखिएको उनको भनाई छ । ‘राजनीतिका असम्भव भन्ने कुरा त हुँदैन । तर, आजको दिनमा कोशी प्रदेशको कारणले तत्कालका लागि केन्द्र र अरु प्रदेशमा केही प्रभाव देखिएको छैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्