Logo

नारायणहिटीको रेष्टुरेन्टबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन



काठमाडौं, २२ पुस । नारायणहिटी दरबार संग्रहालय भित्रको विवादित रेष्टुरेन्टको छानबिन गर्न समिति गठन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले दरबार संग्रहालय भित्रको रेष्टुरेन्टको छानबिन गर्न सहसचिव होमप्रसाद लुईँटेलको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेको हो ।

मन्त्रालयका उपसचिवहरु टेकनारायण पौडल, सुर्यमणी गौतम, पुरुषोत्तम खतिवडा र अधिकृत टंकबहादुर नेगीलाई समितिमा राखिएको छ । समितिले रेष्टुरेन्ट कति वैध र कति अवैध छ, सो स्थानमा रेष्टुरेन्ट आवश्यक छ की छैन् सो बारेमा अध्ययन गरेर प्रतिवेदन बुझाउनेछ ।



प्रतिक्रिया दिनुहोस्