चिकित्सकले मृत घोषित गरेका एक शिशु दाह संस्कारको तयारीका क्रममा रोएपछि टर्कीका एक दम्पत्ति चकित परेका छन् । टर्कीको युरिजिर स्टेट हस्पिटलका चिकित्सकहरूले शिशु जन्मिँदै मृत भएको बताएपछि ३२ वर्षीया मेलिक सेर्ट र उनका ३४ वर्षीया हसन सर्ट विक्षिप्त बनेका थिए ।
पाँच महिनामा यही २ जनवरीमा जन्मिएका ती शिशु जन्मँदै मृत भएको भन्दै चिकित्सकहरूले ‘मृत्युको प्रमाण पत्र’ दिएको डेली मेलमा खबर छ । शिशुको समय नपुगी जन्मिएको अर्थात्र मिसक्यारिज भएको चिकित्सकहरूले बताएका थिए । चिकित्सकले दिएको प्रमाणपत्र गोजीमा राखेर बाबु शिशुलाई पुर्न खाल्डो खनिएको स्थानतर्फ कारमा जाँदै थिए ।
जाने क्रममा अकस्मात कारभित्र शिशु चिच्याउन थाले । शिशु रुन थालेपछि उनले तत्कालै गाडी अस्पताल फर्काएका थिए, जहाँ उनी अहिले जीवन र मृत्युको दोसाँधमा संघर्षरत छन् । शिशुलाई जोगाउन तत्काल रगत आवश्यक परेको चिकित्सकले बताएका छन् । शिशु जन्मिनु एक महिनाअघि आमा गम्भीर बिरामी परेकी थिइन् ।-Photo: Agency