Logo

कोरोना डरलाग्दो गरी फैलियो, दलहरुको सभा सम्मेलन हटस्पट बन्दै



काठमाडौं, २५ पौष । देशमा कोरोना भाइरस भयावह रुपमा फैलिइरहेको छ । नयाँ प्रजातिको ओमिक्रन समेत देखिएको छ । सरकारले सतर्कता अपनाउन भनिरहेको छ । काठमाडौं उपत्यकामा कडा खालको कदम चाल्ने तयारी भइरहेको छ ।

नेकपा माओवादी केन्द्रका अधिकांश प्रभावशाली नेताहरु कोरोना भाइरसको संक्रमित भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेतलगायत संक्रमित भई आइशोलेशनमा छन् ।

माओवादीको महाधिवेशनस्थल नै कोरोनाको हटस्पट बनेको खुल्दै गएको छ । नेताहरुलाई कोरोना संक्रमण भएपछि आज हुने भनिएको पदाधिकारी चयनको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

नेकपा एमालेले भने जिल्ला अधिवेशन गरेको छ । एकसाथ ६० भन्दा बढी जिल्लामा अधिवेशन गरेको छ । अधिवेशन अगाडि जिल्ला जिल्लामा एमालेले र्याली निकालेको छ ।

कोरोना भाइरस डरलाग्दो तरिकाले फैलिएपनि राजनीतिक दलका नेताहरु सभा सम्मेलन गर्न छाडेका छैनन् । तराईका जिल्लामा सीके राउतले जुलुसहरु गर्दै आएका छन् । यसले कोरोनाको जोखिम बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot