Logo

सिंहदरबारको मुलगेटमै-गणतन्त्र मुर्दाबादको नारा !



काठमाडौँ, २७ पुस। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहरबारको मुलगेट अगाडि गणतन्त्रविरुद्ध नारा लागेको छ। पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रममा सहभागीहरुले सिंहदरबारको मुलगेटमै पुगेपछि भने- ‘गणतन्त्र मुर्दाबाद।’

पूर्व राजा ज्ञानेन्द्र शाह पनि शालिकमा माल्यार्पणका लागि पुगेका थिए। त्यसक्रममा राजतन्त्र समर्थकहरुले गणतन्त्रविरुद्ध नाराबाजी गरेका थिए। नेपालको राष्ट्रिय झन्डासहित सहभागी उनीहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ लगायतका नारा लगाएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot