Logo

कोरोना संक्रमित बढ्दै गएपछि भरतपुर अस्पतालले भन्यो-सामान्य विमारी सकेसम्म अस्पताल नआउनु



चितवन, १ माघ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भरतपुर अस्पतालले सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ । आज (शनिबार) एक विज्ञप्ति जारी गर्दै अस्पतालले जिल्लामा कोभिड–१९ संक्रमणको उच्च प्रकोप देखिएकाले सामान्य विमारी सकेसम्म अस्पताल नआउन आग्रह गरेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा.कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा काठमाडौंको त्रिवि शिक्षण र वीर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरू पनि उच्च संख्यामा संक्रमित भएको तथ्यांकले अस्पतालमा एकअर्काबाट संक्रमण फैलन सक्ने सम्भावना बढ्दै गएको उल्लेख छ ।

सामान्य र पछि चेकजाँच गराउँदा पनि हुने प्रकृतिका बिरामीहरूले अस्पताल आउने समय पछि सार्नु उपयुक्त हुने उनले बताएका छन् ।भरतपुर अस्पतालमा पुस २९ गते १७२ जनाको परीक्षणमा ९५ जनामा पोजिटिभ देखिएको थियो। पुस ३० गते १८६ जनामा गरिएको परीक्षणमा ११५ जना जोजिटिभ देखिएको छ। पुस २९ पोजेटिभ देखिएको संख्या ५५ प्रतिशत हो, ३० गते देखिएको संख्या ६१.२५ प्रतिशत हो । अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले गम्भीर समस्या भएर अस्पताल आउने क्रमकम देखिए पनि कोरोनाको संक्रमण समुदायमै फैलिएको देखिएको विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ज्वरो, रुघा र जीउ दुख्यो भनेर धेरै फोन आइरहेका छन्, उनीहरू प्रायःको परीक्षणका क्रममा पोजेटिभ देखिएको छ । तेस्रो लहरलाई फैलन नदिन समुदायमा चेतना बढाएर सावधानी अपनाउँदै परीक्षण बढाएर होसियारका मापदण्ड पालना गर्नुप¥यो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot