Logo

ज्वालामुखी विष्फोटपछि न्यूजिल्याण्डमा सुनामीको चेतावनी



एजेन्सी, १ माघ। शक्तिशाली ज्वालामुखी विष्फोट भएपछि न्यूजिल्याण्डको केही भागमा सुनामीको चेतावनी दिइएको छ । समुन्द्रमुनि ज्वालामुखी विष्फोट भएपछि टोङ्गा र न्यूजिल्याण्डलगायत धेरै देशहरूमा सुनामीको चेतावनी जारी गरिएको हो ।

ज्वालामुखीबाट निस्केको ग्याँस, धुवाँ र खरानी २० किलोमिटर आकाशमा पुगेको टोंगा भूगर्भ विभागले जनाएको छ ।राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले देशका केही भागहरूमा समुन्द्री तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रहन आग्रह गरेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्