Logo

भारतमा एकैदिन २ लाख ७१ हजार भन्दा बढीमा कोरोना संक्रमण



एजेन्सी,२ माघ। भारतमा पछिल्लो २४ घन्टामा २ लाख ७१ हजार २०२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घन्टामा १६ लाख बढीले कोरोना जाँच गराएका थिए। जसमध्ये उक्त संख्यामा संक्रमण देखिएको हो। शनिबारको तुलनामा आइतबार २ हजार ३६९ बढी संक्रमित थपिएका हुन्।

नयाँ थपिएका संक्रमितसहित भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख ५० हजार ३७७ पुगेको हो। देशमा कोरोना पोजिटिभ रेट १६.२८ प्रतिशतले वृद्धि भएको हो।यस्तै पछिल्लो २४ घन्टामा भारतमा कोरोनाबाट ३१४ जनाले ज्यान गुमाएका छन्। महाराष्ट्रमा मात्रै कोरोनाबाट ११ जनाले ज्यान गुमाएका छन्। नयाँ संक्रिमत थपिएसँगै निको हुनेको संख्या पनि बढिरहेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ। पछिल्लो २४ घन्टामा १ लाख ३८ हजार ३३१ जना संक्रमणमुक्त भएका छन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot