काठमाडौं, माघ ३ । प्रदेश नम्बर २ प्रदेशसभाको बैठक बस्दैछ । प्रदेशको नाम र स्थायी राजधानीमा सहमति जुट्न नसकेपछि मतदानबाटै टुंगो लगाउने तयारी भएको छ ।
यसअधि सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले प्रदेशको नामका र राजधानीका लागि प्रस्ताव राखेका थिए ।
नामका लागि चार र राजधानीका लागि तीन वटा प्रस्ताव राखे पनि सहमति जुट्न नसकेपछि मतदान प्रक्रियामा गएको हो । अव राजधानी तथा नामाकरणसमबन्धीका प्रस्तावमाथि जारी छलफलपछि राजधानी टुंग्याउन मतदान हुनेछ।
प्रदेश सभामा अहिले सभामुखसहित १०४ जना सासद रहेका छन् । दुई तिहाइको संख्या पुर्याउन कम्तिमा ७० प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ ।