Logo

काेराेना राेकथाममा सरकारले स्थानीय तहसँग समन्वय नगरेकाे मेयर शाक्यकाे आराेप



काठमाडौँ, ६ माघ। कोरोना रोकथाम तथा न्यूनीकरणका लागि सरकारले स्थानी तहसँग समन्वय नगरेको काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आरोप लगाएका छन् । प्रमुख शाक्यले कोभिड-१९ को तेस्रो लहर रोकथाम तथा न्यूनीकरणका लागि सरकार तथा जिल्ला प्रशासनले कुनै प्रकारको समन्वय नगरेको बताएका हुन् ।

सरकारी निर्णय कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी स्थानीय तहको भए पनि सरकारले पछिल्लो समय कोभिड-१९ को सन्दर्भमा गरेका कुनै पनि निर्णयमा महानगरको सल्लाह तथा सुझाव नलिएको उनले आराेप लगाए ।

उनले भने, ‘पहिले सुरुमा हुँदाखेरि प्रधानमन्त्री, उपप्रधानमन्त्री, विभागीय मन्त्रीहरूले हामीसँग सल्लाह गर्नुहुन्थ्यो । उपत्यका नगरपालिका फोरमको कहिले संयुक्त रूपमा बैठक बोलाउँथ्यौँ । धेरै कुरा हामीहरूसँग छलफल हुन्थ्यो । समस्या के हो ? त्यसको समाधान गर्ने के हो ? माथिबाट निर्णय हुन्छ । निर्णय कार्यान्वयन गर्ने तल नै हुन्छ । यहाँ केही भयो भने माथिल्लो लेभलको कोही पनि खोज्दैन । हिजो कोरोनाबाट देशलाई बचाउन र सिंगो उपत्यकालाई बचाउन, महानगर बचाउन हामी आ-आफ्नो ठाउँमा क्रियाशील भयौँ । त्यसको कारणले धेरै न्यून मात्र क्षति भयो ।’-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot