Logo

पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा भोलि देशभरका अदालत बन्द रहने



काठमाडौँ, ८ माघ। पूर्व प्रधानन्यायाधीश मोहन प्रसाद शर्माको निधनमा भोलि (आइतबार) देशभरका अदालतमा शोक बिदा हुने भएको छ। शर्माको बुधबार नै निधन भए पनि शनिबार अन्त्येष्टि भएको थियो। छोरा बिदेशबाट फर्किएपछि शनिवार शर्माको अन्त्येष्टि गरिएको हो।

सर्वोच्चको आकस्मिक पूर्ण बैठकले आइतबार देशभरका अदालत तथा न्यायाधीकरणमा समेत शोक बिदा मनाउने निर्णय गरेको जनाइएको छ । शर्माको निधनले राष्ट्रप्रेमी न्यायिक व्यक्तित्वलाई गुमाएको पूर्ण बैठकको निर्णयमा उल्लेख छ।

शर्माको बुधबार निवास कमलपोखरीमा निधन भएको थियो। उनी २०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए। २०५४ चैत ३० देखि २०५६ मंसिर ३० सम्म शर्मा प्रधानन्यायाधीश रहेका थिए।-File Photo

 



प्रतिक्रिया दिनुहोस्

Screenshot